काठमाडौं । दशैं नजिकिएसँगै बजारमा किनमेल गर्नेको घुइँचो लागेको छ । कपडा एवं खाद्यान्नका थोक तथा खुद्रा पसलमा उपभोक्ताको घुइँचो लाग्न थालेको हो । राजधानीको मुख्य बजारहरु असन, इन्द्रचोक, महाबौद्ध, न्यूरोड, सुन्धारा, टेकु, त्रिपुरेश्वरमा उपभोक्ताको घुइँचो बढेको छ । शहरमा सस्तो सामान पाइन्छ भनी किनमेलका लागि आए पनि विगतमा भन्दा भाउ बढेको पाइएको उपभोक्ताले बताए…