अब १० लाख रुपैयाँभन्दा माथिका आयोजना ठेक्काबाट गर्नुपर्ने

काठमाडौं । सरकारले १० लाख रुपैयाँभन्दा बढीका आयोजना उपभोक्ता समितिबाट गर्न नपाइने निर्णय गरेको छ । संघीय सरकारबाट वित्तीय हस्तान्तरण भएका प्रदेश वा स्थानीय तहबाट सञ्चालन हुने १० लाख रुपैयाँभन्दा माथिका सबै आयोजना ठेक्काबाट गर्नुपर्ने भएको हो । अर्थ मन्त्रालयले आयोजनाको प्राथमिकीकरण र पुँजीगत खर्च व्यवस्थापन सम्बन्धमा जारी गरेको १५ बुँदे निर्देशनमा यसबारे उल्लेख छ…