बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले वैशाख २०७७ मा खेतीयोग्य जमिन बाँझो राख्न नपाउने निर्णय गर्यो । नगरपालिकाले गरेको यो निर्णय नगरलाई कृषिमा आत्मनिर्भर बनाउन केन्द्रित थियो । नगरपालिकाले निर्णय गर्नासाथ तिलोत्तमा–४ भक्तपुरपथमा प्रेम मरासिनीले आफ्नो घरसँग साँध जोडिएको एक कट्ठा जग्गामा तरकारी लगाए । बर्सेनि तरकारी किनेर खाने गरेका उनी त्यसयता आफ्नै उत्पादनले धानिएको बताउँछन् ।…