मलमा अनुदान कटौति गर्ने सरकारको निर्णयविरूद्ध प्रदर्शन

काठमाडौं । किसानलाई मलमा दिँदै आएको अनुदान सरकारले कटौति गरेको विरोधमा विभिन्न दल निकट किसान संगठनहरूले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । नेकपा एमाले निकट अखिल नेपाल किसान महासंघ, राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठन लगाएतका संघहरुले काठमाडौंको माइतिघरमा विरोध प्रदर्शन गर्दै अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन्…