काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा ११ फाल्गुण, २०७९ काठमाडौंमा सम्पन्न भएको छ । सभा औपचारिक रुपमा शुरु हुनुभन्दा अगाडि कम्पनीका संस्थापक अध्यक्ष हिमालय शमशेर राणाको गत माघ २२ गते निधन भएकोमा दुख प्रकट गर्दै उनको आत्माको चीरशान्तिको कामना गरी एक मिनेट मौन धारण गरिएको थियो । सभामा कम्पनीका अध्यक्ष…