काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशको अर्थतन्त्रमा दीर्घरोग रहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘वर्तमान सरकारको अबको आर्थिक प्राथमिकता’ विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले अर्थतन्त्रमा दीर्घरोग लागेको र त्यसको ठिक ढङ्गले उपचार गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘अहिले अर्थतन्त्रमा हनहन ज्वरो आएको छ । तर, यो दुई–चार दिनमा निको हुने…