अनलाइन सिष्टम कार्यान्वयन हुन नदिन बिचौलियाको चलखेल

काठमाडौँ । वैदेशिक रोजगार क्षेत्रमा कायम अनलाइन प्रणाली कार्यान्वयन हुन नदिन बिचौलियाहरू पुनः जुरमुराउन थालेका छन् । वैदेशिक रोजगार सम्बन्धी कामहरू अनलाइनमार्फत गरिने भएसँगै कामविहीन भएका उनीहरू कर्मचारीलाई हैरानी पारेर यो प्रणालीलाई नै फेलियर गराउन लागिपरेका हुन् । यद्यपि केही कर्मचारीहरूसमेत बिचौलियाको उक्त सेटिङलाई सघाई रहेको वैदेशिक रोजगार कार्यालय ताहाचल स्रोत बताउँछ । ‘लाइनमै हुने…