उद्योग वाणिज्य महासङ्घको विधान संशोधन, अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको अध्यक्ष अब प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ । यसअघि महासङ्घका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान रहेकामा अब प्रत्यक्ष निर्वाचित हुने प्रावधान राखेर विधान संशोधन गरिएको हो ।  सोमबार बसेको महासङ्घको कार्यसमिति बैठकबाट सर्वसम्मत रूपमा प्रत्यक्ष निर्वाचनबाट अध्यक्ष छानिने व्यवस्था गरेको हो ।  महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार…