काठमाडौं । शेयर बजार लगातार चौथो दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ३२ दशमलव ३८ अंकले घटेर २ हजार ६ सय ५५ दशमलव ९४ विन्दुमा झरेको छ । आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक समूह २ प्रतिशत तथा जलविद्युत्, लगानी, अन्य समूहको शेयर डेढ प्रतिशतभन्दा धेरैले…