काठमाडौं । अनुमानका भरमा विद्यालयमा कार्यरत शिक्षकको कार्यसम्पादन मूल्याङ्कन गरिदै आएको भेटिएको छ । विद्यार्थीको सिकाइ उपलब्धिलाई अक्षराङ्कनबाट प्रतिशतमा ढाल्ने भरपर्दो सूत्र तर्जुमा हुन नसक्दा अनुमानकै भरमा कासमू गरिँदै आएको छ । यस क्रममा केही पालिकाका शिक्षा प्रमुखसँग सम्पर्क राख्दा सम्बन्धित विषयको भौगोलिक एकाइको औसत उत्तीर्ण प्रतिशतवापत सरदर ४०-५० अङ्कलाई आधार मान्ने गरेको पनि पाइएको…