शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा एक साताका लागि खोप अभियान स्थगित

काठमाडौं । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले कोरोना भाइरसविरुद्धको खोप कार्यक्रम बन्द गरेको छ । अस्पतालका ५० भन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि खोप सेवा बन्द गरिएको हो । अस्पतालले सूचना जारी गर्दै माघ १६ गतेसम्मका लागि खोप कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ । यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका ३० जना स्वास्थ्यकर्मीलाई…