काठमाडौं । अविरल वर्षाका कारण कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढ्न थालेपछि सम्भावित जोखिम नियन्त्रण र आपत्कालीन तयारीलाई तीव्र पारिएको छ। नेपाल विद्युत् प्राधिकरणका उपकार्यकारी निर्देशक मदन तिम्सिनाका अनुसार शुक्रबार बिहान ७:१५ बजे जलाशयको जलसतह १,५२२.३८ मिटर पुगेको छ। पछिल्लो डेढ घण्टामै जलसतह ९ सेन्टिमिटरभन्दा बढी बढेको हो। कुलेखानीको अधिकतम क्षमता १,५३० मिटर रहेकाले…