पहिरो पीडितलाई अस्थायी बसोबासको व्यवस्था

गाईघाट (उदयपुर) । जिल्लाको त्रियुगा नगरपालिका-१५ खाँबुस्थित तोरीबारीमा गत असार २४ गते गएको पहिरोबाट पीडित बनेका १५ घर परिवारलाई नगरपालिकाले अस्थायी बसोबासको तयारी सुरु गरेको छ । नगरपालिकाले सोही वडाको हुबास क्षेत्रमा नगरपालिका तथा केही व्यक्तिका नाममा रहेको जग्गा भाडामा लिएर अस्थायी टहरा निर्माण गर्न लागेको जनाइएको छ । नगरपालिकाबाट बाँससहित टहरा निर्माण र पाल…