मधेश प्रदेशमा १० महिनामा आगलागीबाट १९जनाको मृत्यु

जनकपुरधाम । मधेश प्रदेशमा विगत १० महिनामा आगलागीबाट १९ जनाको अकालमा मृत्यु भएको छ । चालु अर्थिक वर्ष २०८०-८१ को साउनदेखि हालसम्ममा १२ महिलासहित १९ जनाको मृत्यु भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ । साथै आगलागीमा परेर १५ जना बालबालिकासहित एक सय ३९ जना घाइते भएका छन् । सो आगलागीबाट सबैभन्दा बढी धनुषामा…