काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरेका छन् । शर्माले सात सदस्यीय मन्त्रीमण्डल विस्तार गरेका हुन् । बुधबार विस्तार भएको मन्त्रिपरिषद्मा नेकपा एमालेबाट निर्वाचित डोल्पाका जीतबहादुर मल्लले उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय, जुम्लाका टेकराज पछाईले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसअघि नै मन्त्री नियुक्त भइसकेका दैलेखका विनोददकुमार शाहले आर्थिक…