महोत्तरी । महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा दीपावली पर्वको रौनक छ । हिन्दू मैथिल परम्पराको यो पर्वमा अहिले चहल पहल बढेको छ । पाँच दिनको दिवाली (मैथिली बोलीचालीमा दीयाबाती पनि भनिन्छ) मा लक्ष्मीपूजालाई मुख्य मानिन्छ । कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिका दिन धनतेरस र आयुर्वेदका पिता भनिने धन्वन्तरी जयन्ती पनि मनाइन्छ । यसैगरी यस पर्व (दिवाली)मा औँशीका…