सुदूरपश्चिमबाट सत्तारोहणमा कांग्रेसकाे कमब्याक

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिन नसकेर पदमुक्त भएसंगै अब कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त हुनेछन् । याेसंगै गत चुनावपछि संघदेखि प्रदेशसम्मै नयाँ सत्ता गठबन्धन बनेका कारण सबैतिर विपक्षी कित्तामा पुगेको कांग्रेसलाई सुदूरपश्चिमबाट सत्तामा कमब्याक हुने बाटो खुलेको छ । संविधानमा १६८(२) अनुसारको सरकारले विश्वासको मत प्राप्त गर्न…