काठमाडौं। गोरखा र तनहुँमा गरी २२६ जनाको निःशुल्क मोतीबिन्दुको शल्यक्रिया गरिएको छ । नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले डाक फाउण्डेशन पार्टन अफ ईक्युटीको आर्थिक सहयोगमा दुई ठाउँमा शिविर सञ्चालन गरी शल्यक्रिया गरेको हो । गोरखाको वारपाक सुलीकोट गाउँपालिकामा ५ र ६ पुसमा सञ्चालन गरिएको शिविरमा एक हजार १४५ जनाको आँखाको निःशुल्क परीक्षण गरिएको…