ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका-१ निगुरादिनमा जन्मिएर नर्वेमा बस्दै आएका विशालकुमार सिटौलाले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट गैरआवासीय नेपाली नागरिकता लिएका छन् । प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङले सोमबार नागरिकता प्रदान गरेकी हुन् । सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईका अनुसार ताप्लेजुङबाट नागरिकता लिने उनी पहिलो गैरआवासीय नेपाली बनेका छन् । स्थानीय तहको सिफारिस, नेपाली नागरिकता…