काभ्रे । अविरल बर्षातका कारण जिल्लाको विकट पालिका खानिखोलामा पहिरोका कारण एकै परिवारका ६ जना सदस्य पुरिएका छन् । काभ्रेपलाञ्चोकको खानिखोला, मकवानपुरको बागमती गाउँपालिका सिमानामा रहेको उक्त स्थान मकवानपुरको बागमति गाउँपालिकामा पर्छ । खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र थिङका अनुसार खानिखोला-५ घर भई बागमती गाउँपालिका गएका एकै परिवारका ६ जना सिक्रे दोभानमा पहिरोले पुरिएका हुन् ।…