सुदूरपश्चिममा गौराको रौनक

दोधारा चाँदनी । सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व धुमधामका साथै मनाइँदै छ । सुदूरपश्चिमका पहाडी जिल्लादेखि तराईका कैलाली र कञ्चनपुरमा यतिबेला गौराको रौनकता छाएको छ । प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गीनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरादेवीका रुपमा पूजा अर्चना गरिँदै आएको संस्कृतिका जानकार बताउँछन् । डोट्याली लोकसाहित्यमा विद्यावारिधि…