कोशी । सङ्खुवासभाको सभा नदी तुम्लिङटार जलमापन केन्द्रको जलसतह सतर्कता तहसम्म पुगेको छ । यो बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रहरूमा सतर्कता अपनाउन अपिल गरिएको छ । सङ्खुवासभाको नुम र वरपरको क्षेत्रमा भारी वर्षा मापन भएको छ । सो क्षेत्र भइ बहने स-साना नदीहरूमा पनि आकस्मिक बहाव तथा कमजोर तथा भिरालो भूभागमा पहिरोको जोखिम देखिएको छ…