लुम्बिनी प्रदेशमा प्रतिपक्ष एमाले र सरकारबीच सहमति

दाङ । लुम्बिनी प्रदेशमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र सरकारबीच सहमति भएको छ । मंगलबार राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्ली चौधरीले सदनमा सम्बोधन गरेर आजदेखि सदन संचालन गर्ने सहमति भएको एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए । एमालेसँग मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति गरेका हुन्…