काठमाडौं । दोलखामा मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लामोसाँघु–जिरी सडकअन्तर्गत दोलखाको भिमेश्वर नगरपालिका–६ रमितेडाँडामा बा५३प८८९९ र बा.प्र.०२०३४प३२४२ नम्बरको मोटरसाइकल गएराति आपसमा ठोक्किएर दुर्घटना भएको हो । मृत्यु हुनेमा बैतेश्वर गाउँपालिका–३ मिर्गेका २६ वर्षीय श्यामबहादुर खत्री र भिमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिस बस्नेत छन् । मृतकमध्ये बस्नेत गौरीशंकर बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी…