सुर्खेत । प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलेजस्ताे संसद विघटन नगरी पूरा कार्यकाल चलाउने बताएका छन् । सत्तारुढ गठबन्धनले मँगलबार सुर्खेतको मेहेलकुनामा आयाेजना गरेकाे संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै देउवाले संसदमा संविधानको रक्षा र गणतन्त्रको संस्थागत हितका लागि गठबन्धनले जित्न आवश्यक रहेको बताए। उनले कानुनविपरीत ओलीले दुई पटक संसद विघटन गरेको आरोप…