रक्तदानमा रुपन्देहीको कीर्तिमान, ६६ संघसंस्था सम्मानित

भैरहवा । नेपाल रेडक्रस सोसाइटी, रुपन्देही शाखाले आर्थिक वर्ष २०८१–०८२ मा बुटवल र भैरहवा रक्तसञ्चार सेवा केन्द्रमार्फत ३४ हजार ७२ युनिट रक्त संकलन गरेको छ । जसमध्ये २८ हजार ७३५ युनिट विभिन्न संघसंस्थाको आयोजनामा र पाँच हजार ३३७ युनिट स्वयंसेवी रक्तदाताबाट संकलन भएको हो। यो संख्या अघिल्लो वर्षको तुलनामा दुई हजार ३९३ युनिटले बढी हो ।…