लुम्बिनीलाई दोस्रो क्वालिफायर पुग्न काठमाण्डूले दियाे ११२ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको इलिमिनेटरमा लुम्बिनी लायन्सविरुद्ध काठमाण्डू गोर्खाज पहिलो इनिङमा १११ रनमै समेटिएको छ । योसँगै दोस्रो क्वालिफायर पुग्न लुम्बिनी लायन्सले ११२ रनको लक्ष्य पाएको छ । बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस जितेर ब्याटिङमा आएको काठमाण्डूले १९.१ ओभरमा सबै विकेट गुमाएर १११ रन मात्र बनाउन सक्यो । काठमाण्डूका सन्तोष…