रौतहट। रौतहटको कटहरिया नगरपालिका–३ बरेडवा टोलमा ७५ वर्षीया वृद्धाको हत्या आरोपमा उनका १८ वर्षीय नातिलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार गत १४ साउन बिहीबार साँझ करिब ६ बजे तेतरी खातुन आफ्ना माइलो छोरा शेख निमुदिनको टालीको छानो भएको घरभित्र खाटमा मृत अवस्थामा फेला परेकी थिइन्। घटनाको सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख…