मकवानपुरको राक्सिराङमा सवारी दुर्घटना, ९ घाइते, ६ जनाको अवस्था गम्भीर

मकवानपुर । राक्सिराङ गाउँपालिका–९ अठारेस्थित भित्री सडकखण्डमा यात्रीवाहक सवारीसाधन दुर्घटना हुँदा ९ जना घाइते भएका छन् भने ६ जनाको अवस्था गम्भीर छ । मकवानपुरको खैराङबाट मनहरीतर्फ आउँदै गरेको बा१५च १३३३ नम्बरको सवारीसाधन बिहान दुर्घटना भएको हो । दुर्घटना हुँदा राक्सिराङका–९ का १६ वर्षीय हिमाल बस्नेत, ३५ वर्षीय बुद्धिमान घलान, ७५ वर्षीय डिलबहादुर घलान र उहाँकी…