पाल्पाको सिद्धेश्वरमा जीप दुर्घटना, ३ जनाको मृत्यु, २ जना घाइते

पाल्पा । पाल्पाको रैनादेवी छहरा-१ सिद्धेश्वरमा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ। रैनादेवी छहरा१ सिद्धेश्वरमा राति १२ बजेतिर आगो निभाउन स्थानीयलाई बोकेको लु १ ज २३७७ नम्बरको जीप सिद्धेश्वरको असारे जंगलमा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुनिल मल्लका अनुसार सर्वोत्तम सिमेन्टको खानी नजिकै जीप दुई सय मिटर तल खस्दा…