कोस्टारिका कतार विश्वकपमा छनोट

कोस्टारिका कतार विश्वकपमा छनोट


ग्लोब नेपाल
189
Shares

काठमाडौं । मध्य अमेरिकी मुलुक कोस्टारिका यही नोभेम्बर डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलमा छनोट भएको छ । अन्तर महादेशीय छनोटको प्ले अफ खेलमा मंगलबार राति न्युजिल्याण्डलाई १–० ले हराउँदै कोस्टारिका विश्वकपमा छनोट भएको हो ।

कोस्टारिकालाई जिताउन जोएल क्याम्पबेलले खेलको तेस्रो मिनेटमै गरेको गोल निर्णायक बन्यो । यस्तै, खेलको ६९ औं मिनेटमा कोस्टा बारबारौसेसले रातो कार्ड पाएपछि न्युजिल्याण्ड १० खेलाडीमा समेटिएको थियो । यो जितसँगै कोस्टारिका कतार विश्वकपमा छनोट हुने ३२ औं राष्ट्र अर्थात अन्तिम टोली बनेको छ ।

कोस्टारिका लगातार तेस्रो पटक तथा समग्रमा छैटौं पटक विश्वकपमा छनोट भयो । कतार विश्वकप आगामी नोभेम्बर २१ देखि सुरु हुनेछ । कोस्टारिकाले समुह ‘इ’ मा स्पेन, जर्मनी र जापानसँग खेल्नेछ ।