काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले आफूले पदबाट राजीनामा दिएको बताएका छन्। आइतबार राष्ट्रियसभामा सांसदहरुको प्रश्नको जवाफ दिएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उनले २ दिन अघि नै राजीनामा गरेको खुलाए । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई राजीनामापत्र बुझाएको जानकारी दिए। ‘अस्ति शुक्रबार पोलिटब्युरोको बैठक हुँदा त्यही दिन नै मैले ४८…