दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशलाई ४८ रनले हराएकाे छ । लुम्बिनीले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२ ओभर ५ बलमा ६७ रनमा अलआउट भयो । बागमतीका कप्तान पृथु बाँस्कोटाले सबैभन्दा धेरै १५ रन बनाए । लुम्बिनीका बिप्रसन केसी र अजय चौहानले ३/३ विकेट लिए…