युद्धलाई नाइँ भनौँः अत्याचारको विरोध गरौँ

–विजयराज अधिकारी- रुसले युक्रेनमाथी सैन्य हमला गरेर युद्ध तथा मानवताविरुद्धको अपराधको श्रृंखला शुरु गरेको १० दिन पुगेको छ । फागुन १२ गते बिहीवार बिहानैदेखि थालिएको सैन्य हमला अझैं जारी छ । युक्रेनका विभिन्न शहरहरूमा व्यापक बमबारी भइरहेको छ । हालसम्म १० लाखभन्दा धेरै मानिसले युक्रेन छाडेका छन् । मृतकको एकिन तथ्याङ्क सार्वजनिक हुन सकेको छैन…