तिमी यसरी नआउनु ;जसरी आँसुका धाराले बोकीरहेछ प्रश्नअतितको भारीसँगै जसरी केही बिखालु अंहम दौडिरहन्छन्गिड्न मेरो शिर जसरी मौनताको घेरा बन्दीमा हराउँछ मान्छेकोशिस विफल पश्चात् बिन्ती , कदापि नआउनु यसरी तिमी यदी तिमी आउँनु नै छ भनेयसरी आउनु ; जहाँ निर्मल समयले सिकाइरहनेछ पाठजिन्दगीको आरम्भ देखि अन्नतसम्म जहाँ परिशुद्ध प्रेमले जताइरहनेछ बिछोडसँगैको कोमल सान्निध्य जसरी ओजन…