सपनाको संसार जहाँ ऐँठन मात्र छ

समयको दासतासँगै हुर्किएको जीवन कहिले प्रेमको पारिलो घाममा लुट्पुटियो । कहिले प्रेम प्रणयको वासनासँगै तरङ्गित भयो । कहिले बासन्ती पवनसँगै प्रवाहित हुँदै विशाल पीडाका सागरमा पौडियो । जीवन– बाँच्ने क्रममा सुखको अपेक्षा गर्दै, अभावका पोका पन्तुरा बोक्दै, दुःखका छिटाबाछिटा तर्काउँदै, समयले टेकेका पीडाका डोबहरू कुल्चँदै, अविरल यात्रामा अल्मलियो । आज पनि अझै उस्तै छ जीवन…