अरनिको अन्तर्राष्ट्रीय पुरस्कारका लागि कृति आव्हान

काठमाडौं । गैरआवासीय नेपाली संघले यस वर्षको अरनिको अन्तर्राष्ट्रीय पुरस्कारका लागि गैरआवासीय नेपाली लेखकहरुलाई कृति प्रेषित गर्न आव्हान गरेको छ। दुई लाख रुपैंया धनराशीको यो पुरस्कार प्रवासमा रहेका नेपालीभाषी लेखकहरुका वर्षभरि प्रकाशित कृति मध्ये उत्कृष्ट एक कृतिलाई प्रदान गरिन्छ। पुरस्कार व्यवस्थापन समितिले जारी गरेको सूचना अनुसार, यस वर्ष विक्रम संवत २०७८ सालमा गैर आवासीय नेपाली…