पाकेको फल र चिप्लो रुख

लेकाली पथ लाग्न सक्तछ जुका बर्साद बेला परीजोरी खोज्दछ हुन्डरी नजिकमै टोपी खसाल्ने गरीनागी जङ्गलभित्र हिँड्छ कुहिरो–हुस्से गरी साउतीचिप्लेला हिँड सुस्तसुस्त पनले थामेर आफ्नो गति पानी सिम्सिम गर्छ शीतकणझैँ चिस्याउँदै कानमाहल्लिन्छन् शिशु–पात फिर्फिर गरी नाचेर उद्यानमाटाढैबाट नियाल्छ रे वनचरो ‘को हो’ र ‘को हो’ गरी‘पाक्यो काफल’ भन्छ काफल चरी सन्देश नौलो छरी पाकेको फल खान…