धागो चुडिएका चंगा हामी

घरको छतबाटचंगा उडाउदाकसैले चंगा चेट गरी हाले पनिआफ्नै बगैचामा खस्लाआफ्नै टारीमावानजिकै छिमेकीको बारीमा झर्लाकेही गरी अलि पर पुगे पनिदेशको माटोमा खस्लाचाहेमा हामीत्यसलाई दौडेरटिपेर ल्याई जोडजाड गरीफेरी लटाईकोबाँकी धागोमा गाँस्न पनि सक्छौचाहेमा फेरी चंगा उडाउन सक्छौतर लटाईबाट छुट्टी सकेका चंगाहरूजानी/नजानीचंगा चेट पारेर खसेकारखसाईएका चंगाहरूघरको सिमाना भन्दाअलि पर परदेशमा पुगे पछिधागो चुडिएका चंगाहरूगर्मीको धुपले रंग उडेरचिन्नै नसकिने…