प्रोफेसर मियाको ‘मैले देखेको कतार’ सार्वजनिक

काठमाडौं । आफ्नो १५ वर्षको कतार बसाइको अनुभव समेटिएको प्राध्यापक डा. मोहम्मद रमजान अलि मियाको ‘मैले देखेको कतार’ पुस्तक सार्वजनिक भएको छ । सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनले हरित गृह लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयको हातामा रहेको सभाहलमा एक कार्यक्रमबीच पुस्तक सार्वजनिक गरेका हुन् । उपराष्ट्रपति पुनले पुस्तकमा लेखकले नेपाल र कतारको कूटनीतिक, आर्थिकलगायत सम्बन्ध र नेपाली कामदारले…