काठमाडौं । अमेरिकाले फिलिपिन्सलाई २० वटा एफ–१६ लडाकू विमान बिक्रीलाई अनुमोदन गरेको छ । अमेरिकी विदेश मन्त्रालयले ५ अर्ब ५८ करोड अमेरिकी डलर बराबरको लडाकू विमान फिलिपिन्सलाई बिक्री गर्न लागेको बताएको एएफपीले जनाएको छ । यी लडाकू विमान बिक्रीले दक्षिणपूर्वी एशियामा राजनीतिक स्थिरता, शान्ति र आर्थिक प्रगतिका लागि महत्त्वपूर्ण शक्तिका रूपमा रहेको रणनीतिक साझेदारको सुरक्षामा…