‘भाका बस्ने चलन’ स्थानीय पाठ्यक्रममा

खोटाङ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालकाले लोप हुने अवस्थामा पुगेकाे ‘भाका बस्ने चलन’लाई स्थानीय पाठ्यपुस्तकमा समावेश गरेको छ । करिब चार दशक अघिसम्म चलनचल्तीमा रहेको ‘भाका बस्ने चलन’लाई नगरपालिकाले तयार पारेको कक्षा ४ को स्थानीय विषयको पाठ्यपुस्तकमा समावेश गरिएको हो । भाका बस्ने चलनअनुसार युवायुवतीहरू एक ठाउँमा भेला भएर गीत गाउने र नाच्ने गर्छन । शर्तसहित…