काठमाडौं । शेयर बजार आज पनि दोहोरो अंकले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव १४ अंकले घटेर २ हजार ७ सय ४ दशमलव ७० विन्दुमा झरेको छ । आज फाइनान्स, होटल, लगानी, उत्पादन, म्युचल फन्ड बाहेक सबै समूहको शेयर घटेकोमा व्यापार समूहको शेयर झन्डै साढे ३ प्रतिशतले ओरालो लागेको छ ।…