काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार व्यापारी र उद्योगपति बन्न नहुने बताएका छन् । वैदेशिक सहयोगको अर्थ राजनीतिबारे कांग्रेसको आर्थिक नीति तथा योजना विभागले बुधबार केन्द्रीय कार्यालय सानेपामा गरेको गोष्ठीमा बोल्दै सभापति देउवाले भने, ‘एकपटक गिरिजाबाबुको धेरै विरोध भयो, निजीकरण गर्यो भनेर । त्यसकारण व्यापार गर्ने व्यापारीले हो, उद्योग खोल्ने उद्योगपतिले हो ।…