काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार २ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले निष्कासन गर्न लागेको सो ऋणपत्रमा मंसिर २७ गते मंगलबार अपरान्ह २ बजेसम्म बोलकबोल हुनेछ । ऋणपत्र खरिद गर्न चाहने कम्पनीहरूले बोलकबोल अनलाइनबाटै पेस गर्नुपर्ने बैंकले जनाएको छ । साथै, विकास ऋणपत्र २०८२ ‘छ’ नामक ऋणपत्रको ३ वर्षको अवधि रहनेछ ।…