रसुवा । गोसाइँकुण्ड मेला व्यवस्थापन समितिले स्वास्थ्य व्यवस्थासहित शान्ति सुरक्षाको प्रबन्ध गरिएकाले निर्धक्क भई जनै पूर्णिमा पर्वको अवसरमा गोसाइँकुण्डको मेला भर्न श्रद्धालु भक्तजनसँग अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय धुन्चेमा बसेको मेला व्यवस्थापन समितिको बैठकले धुञ्चेसम्म जोडिएका सबै सडक मार्ग राम्रो भएको, यातायातका साधन निर्वाधरुपमा चलिरहेको, गोसाइँकुण्डबाट फर्की आउने तीर्थयात्रीका अनुसार बाटोमा कुनै पनि…