सेयर लगानीकर्ताको मनोबल बढाउन पहलकदमी लिने अर्थमन्त्री महतको प्रतिबद्धता

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले तत्कालका लागि सेयर लगानीकर्ताको मनोबल उकास्न आवश्यक पहलकदमी लिने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ, पुँजी बजार फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलको नेतृत्वमा भेट गर्न गएको टोलीसँग सोमबार बिहान परामर्श गर्दै उनले यस्तो बताएका हुन् । छलफलमा अर्थमन्त्री महतले सल्लाह सुझाव लिएर अगाडि बढ्ने बताउँदै आगामी दिनमा संवादलाई…