अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थ (क्रुड आयल ब्रेन्ड) को मूल्य २०.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षमा अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य २० प्रतिशत घटेको हो । अन्तर्राष्ट्रिय बजारमा २०७८ चैत मसान्तसम्म प्रतिब्यारेल १०८.४९ अमेरिकी डलर रहेकामा २०७९ चैतमा घटेर ८६.५१ अमेरिकी डलरमा झरेको हो ।…