लमजुङ । अलैँची दाना बिक्रीबाट यहाँका किसानले २० करोड आम्दानी गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ लमजुङका अनुसार यस वर्ष जिल्लामा तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो। विसं २०४१ देखि अलैँची खेती विस्तार भएपछि यस वर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो। यस वर्ष किसानले प्रतिकिलो अलैँची…