साउनमा झन्डै दुई अर्बको विद्युत निर्यात, थप १११ मेगावाट निर्यात प्रस्ताव

काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०७९/८०को पहिलो महिनामा झन्डै दुई अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन महिनामा एक अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ ।  प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा…