कतारमा २१ जना नेपालीले पाए क्षमादान

काठमाडौं । कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीलाई क्षमादान दिएका हुन् । कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान पाउनेहरूमा ३ जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका नेपाली छन्…