बजार फेरि रातो, कारोबार ५ अर्ब १६ करोडमै खुम्चियो

काठमाडौं । नेप्से परिसूचक आज पनि ओरालो लाग्दै ११.९७ अंकले घटेर २६४६.९५ विन्दुमा झरेको छ। हिजोको तीव्र गिरावटपछि पनि बजारले उकालो नलिएर निरन्तर गिरावट कायम राखेको हो। आजको कारोबारमा म्युचुअल फन्ड र व्यापार समूहबाहेक अन्य सबै समूहको सूचक ऋणात्मक देखिएको छ। कुल ३१३ कम्पनीमध्ये १८१ कम्पनीको शेयरमूल्य घटेको छ भने ६६ कम्पनीको शेयरमा वृद्धि भएको…