काठमाडौं । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । राजीनामा दिने चारै जना कांग्रेसबाट मन्त्री बनेका हुन् । राजीनामा दिनेमा संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ र युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन छन् । कांग्रेस संसदीय दलका नेतासमेत…